झापा गाउँपालिकामा जंगली हात्तीको आतंक

कुमरखोद, चैत ९। झापा गाउँपालिकमा आईतबार राती २ बजे जंगली हात्तीको समुह आएर एक व्याक्तिको भान्सा घर भत्काएको छ । झापा गाउँपालिका वडा नं – ५ पंथापडा वजार देखि दक्षिणपट्टि रहेको मेचे गाउँमा रातको समयमा जंगली हात्ती आएर मोतीउर रहमानको टिनको भान्सा घर पुरै भत्काई दिएको हो ।

रहमानका अनुसार जुनेली रात भएकोले घरको वरपरि हात्ती मात्रै देखिन्थ्यो । उनले भने, “घरको छेउमा लगाएको केराको बोटहरु खान थालेपछि हामी आत्तिएका थियौ र डरले चिच्यायौं र त्यसपछि हात्तीले हाम्रो भान्सा घर भत्काउन थालेको थियो । हामीले चिच्याएपछि गाउँका मानिसहरु जम्मा भएर आगो बालेपछि हात्तीहरु भागेका थिए ।”

हात्तीले लगाएको सब्जी बाली खाएर किल्चेर लगभग ३०–४० हजार रुपैंया बराबरको नोक्सान पुर्याएको छ भने रहमानले लगाएको १० कठ्ठा मकैबालीमा समेत नोक्सान गरेको छ । रातको समयमा ७ वटा जंगली हात्तीले आतंक मच्चाउँदा किसानले लगाएको २–३ बिगाहा मकैबाली किल्चेर तथा खाएर नोक्सान गरेको रहमानका ज्वाई सद्दाम आलमले बताएका छन् ।

राती नै शसस्त्र प्रहरी बिओपी पंथापडा, जनपद प्रहरी चौकी पन्थापडा र स्थानीयहरु मिलेर जंगली हात्तीलाई गाउँबाट धपाउन सफल भएका थिए भने मानवीय क्षति नभएको पंथापडा चौकीका प्रहरी सहायक निरीक्षक मोहन कुमार तामाङले जानकारी दिए ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...