गजल [ बासु सापकोटा ]

असलताले मात्र सुख दिन्छ बुझिराख

अहमताले जिन्दगी सकिन्छ बुझिराख

ध्रुवसत्य कुराहरु मध्य यो पनि एक हो

पिँध पछि मात्र बिँड तातिन्छ बुझिराख

अनाहकमा दौडेर मुटु नफुलाउ त्यसरी

समय आउँछ अनि त पुगिन्छ बुझिराख

कम्पासले दिशा देखाउँछ घडीले समय

थर्मोमिटरले ज्वोरो नापिन्छ बुझिराख

अरुको जिन्दगीमा खेलवाड गर्ने हरु हो

सानो कुराले हलचल मच्चिन्छ बुझिराख

– बासु सापकोटा , भीमेश्वर नगरपालिका-४, दोलखा

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...