गजल [ बासु सापकोटा ]

असलताले मात्र सुख दिन्छ बुझिराख

अहमताले जिन्दगी सकिन्छ बुझिराख

ध्रुवसत्य कुराहरु मध्य यो पनि एक हो

पिँध पछि मात्र बिँड तातिन्छ बुझिराख

अनाहकमा दौडेर मुटु नफुलाउ त्यसरी

समय आउँछ अनि त पुगिन्छ बुझिराख

कम्पासले दिशा देखाउँछ घडीले समय

थर्मोमिटरले ज्वोरो नापिन्छ बुझिराख

अरुको जिन्दगीमा खेलवाड गर्ने हरु हो

सानो कुराले हलचल मच्चिन्छ बुझिराख

– बासु सापकोटा , भीमेश्वर नगरपालिका-४, दोलखा

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...