जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा बाबुराजा श्रेष्ठ निर्वाचित

जिरी, १ चैत्र । जिरी उद्योग वाणिज्य संघको अध्यक्षमा बाबुराजा श्रेष्ठ निर्वाचित भएका छन् । संघको फागुन ३० गते सम्पन्न पाचौँ वार्षिक साधारणसभा अध्यक्ष श्रेष्ठ निर्वाचित भएका हुन् । श्रेष्ठले ९७ मत प्राप्त गरेका छन् भने संस्थापन पक्ष समुहका गेल्वु शेर्पाले ८२ मत प्राप्त गरेका छन् ।

यसैगरी, ९७ मत प्राप्त गर्दै जिरी उद्योग वाणिज्य संघको प्रथम उपाध्यक्षमा आङगेल्जी शेर्पा निर्वाचित हुँदा ८९ मतसहित द्वितीय उपाध्यक्षमा शिवसकुमार बस्नेत विजयी भएका छन् ।

त्यसैगरी महासचिवमा अनिल कार्की, सचिवमा सुमन शामी, कोषध्यक्षमा संस्थापन पक्षका सुरज खड्का निर्वाचित भएका छन् । यसैगरी, सदस्यहरुमा गया श्रेष्ठ, यामबहादुर खत्री, दिपेन्द्र खड्का, र पेमाटुण्डु शेर्पा निर्वाचित भएका छन् । श्रेष्ठको प्यानलमा अध्यक्ष, प्रथम उपाध्यक्ष , द्वितीय उपाध्यक्ष र सचिव निर्वाचित भएका छन्भ भने शेर्पा समुहको पक्षबाट कोषअध्यक्ष र चार जना सदस्य निर्वाचित भएका छन् ।

जिरी उद्योग वाणिज्य संघका नव निर्वाचित अध्यक्ष बाबुराजा श्रेष्ठ

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...