निषेधाज्ञामा दोहोरी मोडलको दिनचर्या

अवस्था सामान्य हुन्थ्यो भने लोकदोहोरी मोडलहरु यतिबेला अझ बढी ब्यस्त हुन्थ्ये । किनकी, तीज गीतका भिडियोहरुको धमाधम छायांकनको समय हो यो । तर, कोरोना भाइरस संक्रमणका कारण यतिबेला उपत्यकासहित अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ ।

निषेधाज्ञाका कारण अन्य व्यक्तिहरुजस्तै मोडलहरु घरभित्रै बस्नुपरेको छ । घरभित्र बस्दा कोही मोडलहरु गीत सिर्जनातर्फ लागेका छन् । कोही आफ्ना पुराना म्युजिक भिडियोहरु हेरेर दिन बिताईरहेका छन् । यद्यपी, अधिकांश मोडलले म्युजिक भिडियो सुटिङलाई भने निकै ‘मिस’ गरिरहेको बताउँछन् ।

मोडल तथा गायक दुर्गेश थापा केही दिन कोरोना संक्रमितहरुका लागि अक्सिजन वितरणमा सक्रिय रुपमा लागे । पछिल्ला दिनहरुमा भने उनी घरमै बसेर तीज गीतको तयारी गरिरहेका छन् । गतवर्ष ‘बीच्च बीच्चमा २ र ३’ तीज गीत ल्याएका दुर्गेश यसवर्ष तीज गीत ‘बीच्च बीच्चमा ४’ र ‘बीच्च बीच्चमा ५’ ल्याउने तयारी गरिरहेको बताउँछन् ।

यीसँगै अर्को एउटा तीज गीतको पनि तयारी गरिरहेको उनले सुनाए । अवस्था सहज भएपछि तीज गीत रेकर्डिङ र छायांकन गर्ने दुर्गेशको योजना छ । असारदेखि रेकर्डिङ र छायांकनका लागि माहोल बन्नेमा उनी आशावादी छन् । यद्यपी छायांकनका लागि माहोल नबने लिरिकल भिडियो सार्वजनिक गर्ने दुर्गेश बताउँछन् ।

अहिले फुर्सदको समयमा आफूले एरेञ्जको काम सिकिरहेको दुर्गेशले बताए । ‘अहिले घरमा बसेर अनलाईनमा एरेन्जको काम सिकिरहेको छु’ उनले भने, ‘आफ्नो गीतमा कस्तो खालको म्युजिक सिर्जना गर्ने भनेर सिकिरहेको छु । नयाँ नयाँ म्युजिक सिर्जना गरिरहेको छु ।’ सामान्य अवस्थामा उनको दैनिकी सुटिङ र स्टेज कार्यक्रममा बढी बित्ने गर्दथ्यो । अहिले घरमा बसिरहँदा सुटिङ र स्टेज कार्यक्रम भने निकै ‘मिस’ भईरहेको उनले बताए ।

दुर्गेश पाँच महिना अघिमात्रै बाबु बनेको हुन् । अहिले छोरासँग पनि समय बिताईरहेको उनले बताए ।

मोडल अञ्जली अधिकारी निषेधाज्ञासँगै गृहजिल्ला बर्दियामा छिन् । निषेधाज्ञाको दुई दिनअघि उनी घर पुगेकी हुन् । त्यहाँ परिवारसँग समय बितिरहेको अञ्जलीले बताइन् ।
‘परिवारको साथमा समय बितिरहेको छ’ उनले भनिन्, ‘केही समय मोबाइल चलाउने, कितावहरु पढ्ने, चलचित्रहरु हेर्ने, गीतहरु सुन्ने, टिकटक हेर्ने गरिरहेकी हुन्छु ।’ उनले भनिन् ।

निषेधाज्ञाको समयमा करिअर सुरुवातीका म्युजिक भिडियो एवं तस्वीरहरु समेत हेर्ने गरेर दिन बिताईरहेको अञ्जलीले बताइन् । ती दिनहरुलाई फर्केर हेर्दा छुट्टै आनन्द आउने उनले सुनाइन् ।

सामान्य अवस्थामा उनी निकै व्यस्त हुने मोडल हुन् । अझ यतिबेला त तीज गीतमै उनलाई भ्याइनभ्याई हुन्थ्यो । गतवर्ष लकडाउन खुकुलो भएपछि उनले एक दर्जन बढी तीज गीतमा अभिनय गरेकी थिइन् । यसवर्ष पनि असारदेखि सहज हुनेमा आशावादी छिन् । तीज गीतमा काम गर्नेबारे पनि कुरा भईरहेको अञ्जलीले बताईन् । ‘यो समय सुटिङमा बढी व्यस्त भइन्थ्यो । तीजको आसपासमा स्टेज कार्यक्रहरु पनि धेरै हुन्थे । यसरी खाली बस्दा सुटिङ र स्टेज कार्यक्रम निकै ‘मिस’ हुने रहेछ’ उनले भनिन् ‘असारदेखि सहज हुने कुराहरु आईरहेको छ । हेरौं, त्यसपछि काम गर्न पाइन्छ कि !’

मोडल बिमल अधिकारीले भने निषेधाज्ञाको समयलाई गीत सिर्जनामा लगाए । निषेधाज्ञाको समयमा उनले पाँच वटा गीतको काम पूरा गरे ।

चारवटा गीतमध्ये कुनैमा शब्द लेखे भने कुनैमा संगीत भरे । ति गीत रेकर्डिङ भईसकेको उनले बताए । एउटा गीतको भने सुरक्षा सावधानी अपनाउँदै छायांकन समेत गरे ।
‘अरुबेला सुटिङमा बढी व्यस्त हुन्थे । अहिले खाली समयलाई सिर्जनामा पनि लगाएँ’ उनले भने, ‘स्टुडियोमा धेरै भीडभाड हुनु भएन । त्यसैले चारवटा गीत रेकर्डिङ गरेर तयारी अवस्थामा छन् ।’

अहिले काठमाडौंमा घर निर्माण गरिरहेको हुनाले अधिकांश समय भने घरकै काममा बित्ने विमलले बताए ।

सामान्य अवस्थामा उनी म्युजिक भिडियोमा व्यस्त हुने मोडल हुन् । अहिले लामो समयदेखि सुटिङ गर्न नपाउँदा गाह्रो भने महशुस हुने उनले अनुभव सुनाए ।

‘बाहिर हिडिरहने मानिस घरभित्र बसिरहँदा गाह्रो हुने रहेछ । सुटिङ पनि एकदमै ‘मिस’ गरिरहेको छु’ उनी भन्छन्, ‘तर अहिलेको माहोल नै यस्तै छ । अहिले आफू सुरक्षित हुनु नै महत्वपूर्ण हो ।’

असारबाट भने अवस्था सहज हुन्छ कि भन्ने कुरामा आशावादी रहेको विमलले बताए । सोही अनुसार केही तीज गीतको काम गर्नका लागि कुरा भईरहेको विमल बताउँछन् । ‘असारको दोस्रो सातादेखि बिस्तारै माहोल सहज हुन्छ कि भन्ने लागिरहेको छ । सोहीअनुसार तीज गीतको आन्तरिक तयारीमा पनि छौं’ विमलले बताए ।

लोकदोहोरी गीतमा व्यस्त मोडलमा पर्छिन् सारिका केसी । अवस्था सहज हुन्थ्यो त दैनिकजसो उनी सुटिङमा व्यस्त हुन्थिन् । तर, निषेधाज्ञाका कारण सारिका घरमै परिवारसँग समय बिताईरहेकी छिन् ।

‘घरमा यत्तिकै समय बिताईरहेको छु’ उनले हिजोआजको दैनिकीबारे भनिन्–‘चलचित्र हेर्यो, टिकटक हेर्यो, फेसबुक चलायो त्यसरी नै बितिरहेको छ ।’

घरमा बसिरहँदा सुटिङलाई भने धेरै ‘मिस’ गरिरहेको बताउँछिन् सारिका । ‘काम नगरि बस्दा सुटिङ त एकदमै ‘मिस’ हुन्छ नी’ उनी भन्छिन्, ‘तर हामीलाई मात्र होइन्, सबैजना समस्यामा हुनुहुन्छ ।’

सामान्य अवस्थामा यतिबेला तीज गीतमा काम गर्न सुरु गरिसकेकी हुन्थिन् । यसवर्ष कोरोनाका कारण तीज गीतको छायांकनको काम सुरु हुन सकिरहेको छैन् । सारिका पनि असारदेखि तीज गीतको काम सुरु हुनेमा आशावादी छिन् ।

‘असारदेखि विस्तारै सहज हुन्छ कि भन्ने अपेक्षा छ । केही ब्यक्तिहरुसँग तीज गीतमा काम गर्नेबारे कुरा पनि भईरहेको छ’ उनले भनिन् ‘सहज भयो भने असारदेखि छायांकन शुरु होला ! हेरौं, के हुन्छ ।’

भजनी नगरपालिकामा शिक्षक सरुवा प्रक्रिया सुरु, ३ वर्ष पुगेकालाई अनिवार्य आवेदन

भजनी नगरपालिकाले विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक तथा बाल विकास सहजकर्ताको व्यवस्थापन गर्न सरुवा तथा...

संस्थागत विद्यालयमा कडा निर्देशन : भर्ना शुल्क बन्द, ३ वर्ष पाठ्यपुस्तक यथावत्

कैलालीको जोशीपुर गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरूलाई सूचना जारी गरेको छ। गाउँ कार्यपालिकाको मिति...

डा. प्रदिप मिश्र सम्मानित

धनगढीको क्याम्पसरोडस्थित सुभारम्भ मन्टेस्वरी स्कुल ले आफ्नो छैटौं वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।...

जोशीपुर गाउँपालिकामा विद्यालय केन्द्रित एचपिभी खोप अभियानबारे सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

कैलालीको जोशीपुर गाउँपालिकामा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाभित्र विद्यालय केन्द्रित एच.पि.भि. (HPV) खोप अभियान...

जोशीपुर गाउँपालिकामा शिक्षा नियमावली बिना शिक्षक आन्तरिक सरुवा

“कार्यपालिकाको निर्णय बेगर गाउँपालिका अध्यक्षको हस्ताक्षरमा शिक्षक सरुवा गरिएको छ।” कैलालीको जोशीपुर गाउँपालिकाले अहिलेसम्म स्थानीय...

नागरिक उन्मुक्ति पार्टी फुटसँगै कैलाली क्षेत्र नं. १ मा एउटै पार्टीका पुराना नेताले चार फरक दलबाट पाए टिकट

नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजनसँगै कैलाली निर्वाचन क्षेत्र नं. १ मा रोचक राजनीतिक अवस्था देखिएको...