अपर तामाकोशीले हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग माग्यो स्वीकृति

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। विद्युत नियमन आयोगबाट अनुमति पाएसँगै कम्पनीले बोर्डमा आवेदन दिएको हो।

विद्युत नियमन आयोगले अपर तामाकोशी हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न फागुन १६ गते अनुमति प्रदान गरेको थियो।

कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि अनुसार कम्पनीले हक्रद निष्काशन गर्न अनुमति माग गरेको हो।

दोलखा जिल्लामा सम्पन्न भएको ४५६ मेघावाट क्षमता रहेको अपर तामाकोशी जलविद्युत आयोजनाले शत प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गर्नको लागि नियमनकारी निकाय विद्युत नियमन आयोगमा निवेदन दिएको थियो । आयोगको मंगलबार बसेको १८७औं बैठकले कम्पनीलाई शत प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिने निर्णय भएको थियो । कम्पनीको गत असार ३० गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न साधारण सभामा प्रस्ताव गरेको थियो ।
कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारण सभाले १ बराबर १ शेयरको अनुपातमा अर्थात शत प्रतिशत हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । अब उक्त हकप्रद शेयर धितोपत्र बोर्डबाट स्वीकृति भएपछी निष्कासन गरिनेछ ।
अपर तामाकोशीले जलविद्युत आयोजनाले गत वर्षदेखि विजुली उत्पादन गर्दै आइरहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

एमाले परित्याग गर्दै बलबहादुर तारामी मगरले चुरे–४ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा

कैलाली । नेकपा (एमाले) मा लामो समयदेखि सक्रिय राजनीति गर्दै आएका बलबहादुर तारामी मगरले पार्टी...