अपर तामाकोशीले हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डसँग माग्यो स्वीकृति

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। विद्युत नियमन आयोगबाट अनुमति पाएसँगै कम्पनीले बोर्डमा आवेदन दिएको हो।

विद्युत नियमन आयोगले अपर तामाकोशी हाइड्रोपावरलाई हकप्रद निष्काशन गर्न फागुन १६ गते अनुमति प्रदान गरेको थियो।

कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारणसभाले १ बराबर १ शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । सोहि अनुसार कम्पनीले हक्रद निष्काशन गर्न अनुमति माग गरेको हो।

दोलखा जिल्लामा सम्पन्न भएको ४५६ मेघावाट क्षमता रहेको अपर तामाकोशी जलविद्युत आयोजनाले शत प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गर्नको लागि नियमनकारी निकाय विद्युत नियमन आयोगमा निवेदन दिएको थियो । आयोगको मंगलबार बसेको १८७औं बैठकले कम्पनीलाई शत प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिने निर्णय भएको थियो । कम्पनीको गत असार ३० गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गर्न साधारण सभामा प्रस्ताव गरेको थियो ।
कम्पनीको भदौ ३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न साधारण सभाले १ बराबर १ शेयरको अनुपातमा अर्थात शत प्रतिशत हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव पारित गरेको थियो । अब उक्त हकप्रद शेयर धितोपत्र बोर्डबाट स्वीकृति भएपछी निष्कासन गरिनेछ ।
अपर तामाकोशीले जलविद्युत आयोजनाले गत वर्षदेखि विजुली उत्पादन गर्दै आइरहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । शत प्रतिशत हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

मेस्सीको ह्याट्रिक, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड बराबरी

३८ वर्षीय अर्जेन्टिनी कप्तान लियोनल मेस्सीले अल्जेरियाससँगको खेलमा मैदान प्रवेश गर्दा धेरै कीर्तिमान बनाएका छन्।...

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री खनालको आह्वान नेपालमा चिनियाँ लगानी प्रवर्द्धन गर्ने उद्देश्यले राजदूतावासद्वारा...

ठेकेदारको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बुझेर मन्त्री लम्साल बैठकमा आएनन

– भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल मंगलबार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा आउने भनिएको...