चरिकोटमा युवा लक्षित सिपमूलक तालिम सुरु

छविन्द्र चौलागाई, २२ फागुन । दोलखाको चरिकोटमा युवाहरुको लागि सिपमूलक तालिम सुरु भएको छ ।
जिल्ला युवा समिति दोलखाले युवा परिषद बागमती प्रदेशको सहयोगमा होमस्टे र बारिस्टा (कफि मेकिङ) सम्बन्धि तालिम सुरु गरेको हो । दोलखा जिल्लाका विभिन्न स्थानिय तहबाट गरी ५० जना युवाको सहभागिता रहेको सो तालिममा बारिस्टा तर्फ २५ जना तथा होमस्टे तर्फ २५ जनाको सहभागिता जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठले बताए ।

जिल्ला युवा समिति, दोलखाका अध्यक्ष भरतकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रम, बागमती प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री विशाल खड्काको प्रमुख आतिथ्यता र बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँको विशिष्ठ आतिथ्यतामा पूर्व मन्त्री विशाल खड्काद्वारा उद्घाटन गरिएको थियो । तालिममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँ, नेकपा माओवादी केन्द्रका दोलखा जिल्ला संयोजक कुलबहादुर बुढाथोकी, प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरत कुमार श्रेष्ठले सीप मूलक तालिमको महत्वबारेमा जानकारी दिएका थिए।
होम स्टेतर्फ शक्ति थापा र बारिस्टा तर्फ निशा तमाङले प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

बोलीले विवादमा प्रधानमन्त्री बालेन, क्षमा माग्न या राजीनामा दिन दबाब,

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आइतबार संसदमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा नेपालले पनि भारतीय सीमा मिचेको भन्दै...

“विवाद होइन, अब गुणस्तरीय स्वास्थ्य सेवामा केन्द्रित हुनुपर्छ” — मुख्यमन्त्री कमलबहादुर शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहामा प्रादेशिक अस्पताल उद्घाटन गर्दै अब सबै पक्ष विवादभन्दा...